दफा ६
समितिको गठन
: (१) प्रतिष्ठानको उद्देश्य प्राप्तिको लागि आवश्यक कार्यक्रमहरु सुव्यवस्थित रुपले सञ्चालन गर्न गराउन र प्रतिष्ठानको सम्पूर्ण काम कारवाहीको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक सञ्चालक समिति गठन हुनेछ ।
(२) यस ऐनमा अन्यत्र अन्य व्यवस्था भएकोमा बाहेक समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम र विनियमको अधीनमा रही प्रतिष्ठानलाई भएको सबै अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नेछ।
(३) समितिमा देहायका सदस्यहरु रहनेछन्ः–
(क) सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय -अध्यक्ष
(ख) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय -सदस्य
(ग) सहसचिव, अर्थ मन्त्रालय -सदस्य (ङ) अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ -सदस्य
(च) मन्त्रालयले मनोनीत गरेको एक जना महिला सहित दुईजना व्यवस्थापन विज्ञ - सदस्य
(छ) समितिले मनोनित गरेको निजी क्षेत्रका उद्यमीहरु मध्येबाट एकजना – सदस्य
(ज) समितिले मनोनीत गरेको वातावरणविद्एकजना –सदस्य
(झ) कार्यकारी निर्देशक सदस्य–सचिव
(४) मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हनेछ र पदावधि समाप्त भएपछि निजहरु पुन मनोनीत हुन सक्नेछन्।
(५) समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकार वा औद्योगिक व्यवसायसंग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।